पौडेल पक्षले अन्तरघातीलाई कारबाही गर्न दिएन: देउवा

२ वैशाख, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षमाथि निर्वाचनमा अन्तरघात गर्नेहरुलाई कारबाही गर्न नदिएको आरोप लगाएका छन् ।

निर्वाचनमा अन्तरघात गर्नेहरुलाई पार्टीबाट निस्काशन नगरेसम्म अघि बढाउन सक्ने अवस्था नरहेको उनले बताए ।

प्रजातन्त्रवादी प्राध्यापक संघको कार्यक्रममा देउवाले अन्तरघातकै कारण पार्टीले ४० सिट गुमाउनु परेको बताए । साथै एमाले र माओवादीबीच भएको एकताले पनि निर्वाचनमा पार्टीले अनपेक्षित हार व्यहोर्नु परेको उनले बताए

कांग्रेस सभापति देउवाले एमाले र माओवादीको एकतालाई चुनौतीको रुपमा लिएर पार्टी भित्रको एकतालाई बलियो बनाउन प्राध्यापकहरुलाई सहयोग गर्न आग्रह गरेका छन् ।

कार्यक्रममा वरिष्ठ नेता रामचन्द्र पौडेलले कर्मशील कांग्रेस बनाउनुपर्नेमा जोड दिएका छन् । उनले कांग्रेसलाई काम गर्ने पार्टीको रुपमा स्थापित गराउन आग्रह गरे ।

कांग्रेस महामन्त्री डा. शशांक कोइरालाले गुट, उपगुटकै कारण कांग्रेसले निर्वाचनमा अनपेक्षित हार व्यहोर्नु परेको बताए । उनले गुटउपगुटबाट पार्टीलाई मुक्त राख्न बुद्धिजीविहरुले आवश्यक पहल गर्नुपर्ने आवश्यकता औंल्याए ।

Share This News

Leave a Reply

Your email address will not be published. Required fields are marked *